पाल्पामा श्रीमतीको ढुंगा प्रहारबाट श्रीमान‍्को मृत्यु

पाल्पाको तानसेन स्थित रैनादेवी छहरा गाउँपालिकामा एक महिलाले आफ्नो श्रीमानको हत्या गरेका छन् ।

भुवनपोखरी छचुवामा श्रीमती मंगली कुमालले ४२ वर्षीय श्रीमान लोकबहादुर कुमाललाई ढुंगाले हानेर घाइते बनाएकी थिईन्। श्रीमान् कुमालको तानसेन मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ससुराली गएको समयमा श्रीमती मंगलीले लोकबहादुरलाई ढुंगाले हानेर गम्भीर घाइते बनाएकी थिइन्।प्रहरीले मंगलीलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ।मंगली सुस्त मनस्थितिको रहेको पाल्पा प्रहरीले जनाएको छ।