रिसले आँखै देख्नुहुन्न ? यसरी आफूलाई काबुमा राख्नुस्

रिसको आवेगमा ठूलै दुर्घटना पनि हुन सक्छ । कतिपयले आवेगमा ज्यान फालेका छन् । केहीले यही रिसकै कारण अरुको ज्यान समेत लिएका छन् । रिस अनेक कारणले उठ्छ । रिसले समस्याको समाधान गर्दैन बरु थप समस्यामा पार्छ । रिसको आवेग कम गर्ने केही उपाय यहाँ सुझाइएको छ ।

१.सिर्जनात्मक काम गर्नुहोस्
तपाईंको रिसलाई सिर्जनात्मक कुरामा लगाउनुस्। मुड अफ भएको बेला जस्तै पेन्टिङ, गार्डेनमा समय बिताउनुहोस् या केही गीत, कविता कोर्नसक्नुहुन्छ। रिस उठेको बेला आफ्नो सिर्जनात्मक सीपलाई प्रयोग गर्नुहोस्।

२. एकदेखि सयसम्म गन्नुहोस्
यदि तपाईलाई रिस उठेको छ भने एक देखि सयसम्म गन्नुस्। रिसले चुर नै हुनुभएको छ भने एकदेखि एकसम्म गन्नुस्। ती गन्ती गन्दा बिस्तारै तपाईंको रिस पनि मर्दै जान्छ।

३. हिँड्ने बानी गर्नुहोस्
व्यायामले नसाहरूलाई संयमित पार्नुका साथै रिसलाई पनि कम पर्छ। हिँड्ने बानी गर्नुहोस्, बाइक चलाउनुहोस् वा केही खेल खेल्नुहोस्।आफ्ना अंगहरूलाई सक्रिय बनाइराख्नुहोस्। त्यसले शरीर र दिमागलाई राम्रो गर्छ।

४. जिउ तन्काउनुहोस्
रिस लागिरहेको छ भने घाँटी तथा जिउ तन्काउनुहोस्। कुनै योगको आसन गर्नसक्नुहुन्छ, जसले शरीर र भावनाहरूलाई नियन्त्रण गर्छ। यति गर्नलाई अरु केही सरसमानका जरुरत पर्दैनन्।

५. मानसिक उल्झनबाट बाच्नुहोस्
चुपचाप शान्त कोठाभित्र बसेर आँखा बन्द गर्नुहोस् र आफूलाई एकदमै रिल्याक्स गरेको दृश्य कल्पिनुहोस्। जस्तैः कुनै रमाइलो हरियाली दृश्य सम्झिनुहोस्। जहाँ पोखरी छ, पोखरीको पानी कुन रंगको छ? चराचुरुंगीको आवाज कस्तो आइराखेको छ? यी इत्यादि दृश्यहरू आँखा बन्द गरेर महसुस गर्नुभयो भने रिस छिट्टै मर्छ।

६. गीत सुन्नुहोस्
संगीत कसलाई मनपर्देन र? राम्रो गीत सुनियो भने मुड अन हुन्छ। रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्नुस् र आफ्नो भावना बहलाउनुहोस्। इयरफोन लगाएर सुन्नुस् या कोठामा घन्काएर सुन्नुस्। मुड फ्रेस बनाउनहोुस् यसले तपाईंको चिन्ता रिस छिनभरमै हराउन मद्दत गर्छ।

७. चुप लागिदिनुस्
तात्तातो रिसको बेला मान्छेले जथाभावी बोल्न थाल्छ यसले राम्रो होइन आफैलाई हानी पु¥याउँछ। रिस उठिराखेको बेला केही शब्द भन्न लागेपनि मान्नुस् की तपाईंको ओठमा गम टाँसिएको छ,बोल्न सक्नुहुन्न। यसरी चुपचाप भएको बेला तपाईंले गलत या सही छुट्याउन समय पाउनुहुन्छ।

८. आफूलाई एक्लै छोडिदिनुहोस्
आफूलाई समय दिनुस्। अरुभन्दा अलग बस्नुहोस्। यतिबेला सम्म रिस शान्त भएर तपाई सामान्य अवस्थामा फर्किनसक्नुहुन्छ। यो तपाईं दैनिक तालिकाको रुपमा लागू गर्नसक्नुहुन्छ।

९. लेख्ने बानी गर्नुहोस्
जुन कुरा भन्न सकिँदैन त्यसलाई पक्कै पनि लेख्न सकिन्छ। रिस लागेको बेला के महसुस भइरहेको छ र कस्तो प्रतिक्रिया जनाउन मन लागेको छ मजाले लेख्नुहोस्। आफ्नो कुरा कापीमा लेख्दा मन शान्त हुन्छ।

१०. साथीसँग मनको कुरा भन्नुहोस्
जुन कुराले रिस उठेको छ त्यही कुरामा नझुन्डिनराख्नुस्। आफ्नो विश्वासिलो र सहयोगी मित्रलाई आफ्नो कुरा सेयर गर्नुस् जसले गर्दा तपाईको असन्तुष्टिलाई नयाँ मोड दिन सक्छ।

११. चिठी लेख्नुहोस्
तपाईंलाई जसले रिस उठाएको छ उसलाई चिठी या इमेल लेख्नुहोस्। र फेरि डिलिट गर्दिनुहोस्। आफ्नो मन लागेको कुरा ओकल्दा त्यो कसैले सुनोस् वा नपढोस् मन आनन्दित बनाउँछ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।