नाज्माले एकैपटक जन्माइन् ३ छोरी र १ छोरा

पर्साको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा एक महिलाले चम्ल्याहा बच्चालाई जन्म दिएकी छिन्।

पर्साको जयमंगलापुर सिपहरमाई गाउँपालिकाकी ३० वर्षीया नाज्मा खातुनले आज दिउँसो १२:४० बजे ५–५ मिनेटको फरकमा चार बच्चालाई जन्म दिएकी हुन्। उनले तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन्।

हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट जयमोद ठाकुरका अनुसार अहिले आमाको स्वास्थ्य अवस्था राम्रो छ। तर, ७ महिनामै जन्मिएकाले बच्चाहरुको तौल कम रहेको बताइएको छ। दुई बच्चा स्वस्थ रहको र दुई बच्चा चिकित्सकको निगरानीमा रहेको उनले बताए।