पुम्दीभुम्दी सहकारीका सेयर सदस्यलाई पूर्व सहकारी शिक्षा

पोखरा २२ पुम्दीभुम्दीमा रहने गरी प्रस्तावित पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यलाई पूर्व सहकारी शिक्षा तालिम दिइएको छ । सोमबार भएको तालिममा पोखरा महानगरका सहकारी निर्देशक उदयबहादुर पराजुली र सहकारी व्यवस्थान समितिका सदस्य सचिव गंगालाल सुवेदीले प्रशिक्षण दिए ।

सेयर सदस्यलाई सहकारीका मूल्य, मान्यता, उद्देश्य सञ्चालन विधि र विद्यमान नीति, नियमबारे सिकाइएको थियो । पोखरा २२ मा ११० सेयर सदस्य रहेको पुम्दीभुम्दी सहकारी स्थापना हुँदै छ । सहकारी स्थापना अघि सेयर सदस्यले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था बमोजिम तालिम भएको हो ।

प्रस्तावित सहकारीका अध्यक्ष शिवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष राजु बराल, सचिव प्रमोद बराल लगायतले बोलेका थिए ।