बुधबारसम्म होसियार : यस्तो छ मौषमको चुनौती

देशका बिभिन्न भागमा बुधबारसम्म चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

देशका पहाडी भू-भागमा दिउँसो र रातिको समयमा मेघ गर्जनका साथै केही स्थानमा चट्याङ र हुरीबताससहित हल्का वर्षा हुने मौसम विद्हरुले जानकारी दिएका हुन ।

सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानीसमेत पर्ने अनुमान गरिएको छ भने मंगलबार पूर्वी तथा मध्य क्षेत्रलगायत पश्चिमी पहाडी भू-भागका केही स्थानमा पानी पर्ने मौसमविद्को अनुमान छ ।

बुधबार पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने, केही स्थानमा मेघ गर्जन हुनुका साथै चट्याङ्ग, हुरीबताससहित हल्का वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।

मौषम बदली हुने अवस्थामा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।