धनुषाकी १६ वर्षीया निर्मला यादव मृत्यसँग जुधिरहेकी छन् । निर्मलाका श्रीमान मुकेशकुमारले उनलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । मुकेशले मदिरा मात्र नभएर ड्रग्स पनि सेवन गर्ने उनकी भाउजु सिपमादेवीले बताइन् ।
बिहेको १० महिना नहुँदै निर्मलामाथि यस्तो घटना भएको हो ।फरार मुकेशकुमारलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । कीर्तिपुर अस्पतालको आईसीयू कक्षमा उपचाररत उनको शरीरको ३५ प्रतिशतभन्दा बढी भाग जलेको छ ।
१८ वर्षका मुकेशकुमार यादवले वैशाख ५ गते दिउँसो साढे चार वजेतिर पेट्रोल छर्केर निर्मलालाई आगो लगाएका हुन् । विहान सामान्य झगडा भएको र त्यसकै निहुँमा दिउँसो आगो लगाएको निर्मलाले बताइन् ।
रक्सी मातिएका मुकेसले कुटपिट गरी कोठामा लगेर दराजका कपडा झिकेर निर्मलालाई पेट्रोल छर्केर आगो लगाएको बताइएको छ । सलाई कोरेर आगो लगाएपछि उनी मरोस् भनी ढोका थुनेर भागे ।
निर्मला चिच्यावट सुनेर छिमेकी आएर अस्पतालसम्म लगे । जनकपुर अञ्चल अस्पतालले उनलाई काठमाडौं रिफर गर्यो । उनी शनिबार साँझदेखि कीर्तिपुर अस्पतालमा छिन् । निर्मलाको कुम र छातीभन्दा तलको भाग जलेको छ ।
धनुषा कमला नगरपालिका ५ की निर्मलाको १० महिनाअघि सहिद नगरपालिका १, चिरैयामा बिहे भएको हो । उनको बिहेमा ९ लाख ऋण लिएको र करिब ४ लाख दाइजो दिएको निर्मलाका दाई राकेश बताउँछन् ।
model pix




