पोखरा १४ मझेरीपाटनमा अवस्थित मझेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ११ औं स्थापना दिवको अवसरमा कार्यालय व्यस्थापन तालिम आयोजना गरेको छ ।
तालिममा सञ्चालक समिति, लेखा समिति, उपसमिति र कर्मचारी सहभागी थिए । नेपाल बचत तथा ऋण केन्द्रीय संघको प्राविधिक सहयोगमा सञ्चालित तालिममा सहजीकरण केन्द्रका कार्यक्रम अधिकृत भरतप्रसाद न्यौपानेले गरेका थिए ।
कार्यक्रममा संस्थाका सेयर सदस्य, सञ्चालक समिति, लेखा समिति र अन्य उपसमिति एवं कर्मचारीका काम, कर्तव्य,र अधिकार एवं सहकारी संस्थाको महत्व र सहकारी ऐन, नियमबारे छलफल भएको छ । संस्थाको व्यवस्थापन कसरी गर्दा संस्था, सेयर सदस्य, समूह र सिंगो देशले नै फाइदा उठाउन सक्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।
तालिमका सहभागीले अभिमुखीकरणले संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग पुग्ने र छलफलका बिषयलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जाहेर गरे । सहकारीका अध्यक्ष रामचन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रम शिक्षा उपसमिति संयोजक तुलरीप्रसाद चापागाईंले सञ्चालन गरेका थिए ।




