निसीखोलामा १२ र १३ गते बृहत निशुल्क स्वास्थ्य शिविर हुने

वागलुङको निसीखोला गाउँपालिकामा यहि बैशाख १२ र १३ गते हुने दुईदिने बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

दुरदराजका गरिव जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनको लागी निसिखोला २ जुग्जाखोला स्थित रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयमा संचालन शिविर सञ्चालन गर्न लागिएको हो ।

कर्मफ्लाईट्स फाउन्डेसन पोखरा कास्की तथा निसीखोला गाउँपालिकाको संयुक्त आयोजनामा हुने उक्त शिविरमा पोखराका बरिष्ठ चिकित्सकहरुद्वारा हाडजोर्नी तथा नसा रोग, महिला तथा प्रसुती रोग, नाक कान घाँटी, सामान्य चिकित्सा तथा बालरोग आदिको उपचार, दिसापिसाब, रगत जाँच, सामान्य घाउ खटिराको उपचार तथा चिरफार लगायत अन्य स्वास्थ्य सुविधा उपलब्ध हुनुका साथै आवश्यक औषधिसमेत निशुल्क उपलब्ध गराउने कर्म फ्लाईट्स फाउन्डेसन नेपाल पोखराका निर्देशक प्रेम बहादुर कुवँरलेले बताए ।

यसअघि पहिलो दिन रत्नराज्य लक्ष्मी मा।विबाट र दोश्रो दिन अर्नाकोट गाउँघर क्लिनिक तथा खोप केन्द्रबाट सेवा प्रदान गर्ने भनिएको भएतापनी विविध प्राविधिक कारणवश दुईदिन नै रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयबाटै विरामीहरुलाई सेवा उपलब्ध गराउने निर्णय गरिएको निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।

शिविरमा देविस्थान स्वास्थ्य चौकी निसीखोलनिसिखोला १ देविस्थान र नेपाल इज ट्रस्ट, दि युके समेत सह आयोजकका रुपमा रहेका छन ।