बालिका बलात्कार गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ का सचिव यज्ञ आचार्य रहेको प्रहरीले जनाएको छ ।
सचिव आचार्यले वडा नम्बर ४ स्थित बालिकाको घरमा गइ उनकी आमासँग झगडा गरेको र १२ वर्षिया बालिकालाई जबरजस्ती गर्न खोजेपछि स्थानियले प्रक्राउ गरेको बताईएको छ ।
इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्षराज जोशीका अनुसार पीडित बालिकाको काकाको निवेदनको आधारमा वडा सचिव आचार्यलाई जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाइनेछ ।
यता वडा सचिब यज्ञ आचार्यले आफू ले गलत मनसायले त्यस्तो गर्न नखोजेको प्रतिक्रिया दिएका छन् ।




