धादिङमा बस दुर्घटना हुदा २ जनाको मृत्यु

धादिङमा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । बा४ख १४१५ नम्बरको बस काठमाडौंबाट मनकामना जाँदै गर्दा बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

२५ जना घाइतेको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए । बसमा कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन ।

बस घुम्तिबाट २५ मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।