बोक्सी कु–प्रथा बिरुद्घको अभियान कञ्चनपुर र बर्दिया जिल्लामा सम्पन्न भएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले उक्त अभियान संचालन गरेको हो ।
कञ्चरपुरको दोधारा चाँदनी नगरपालिकामा आइतवार भएको कार्यक्रमलाई सम्बोधन गर्दै ७ नं. प्रदेश सांसद मानबहादुर सुन्दासले बोक्सी कु–प्रथा बिरुद्घको अभियान समय सान्दर्भिक रहेको जनाउँदै अभियानको संदेशलाई नेपालका सबै स्थानिय तहमा लैजानुपर्ने आवश्यकता औँल्याउ ।
त्यस अवसरमा नगरपालिकाका उपमेयर बिनी गिरी, संस्थाका अध्यक्ष कोविदशरण उपाध्याय, संरक्षक भुवनेश्वर शर्मा पौडेल, स्थानीय कृष्ण समाज विकास नेपालका अध्यक्ष भुवन विहारी पन्त लगायतले अभियानको समग्र अवस्थामाथि प्रकाश पारेका थिए ।
सो अवसरमा अधिवक्ता भीमप्रसाद श्रेष्ठले प्रशिक्षण दिनुका साथै अग्निदहन चलचित्र पनि प्रदर्शन गरिएको थियो ।त्यस्तै बोक्सी कु–प्रथा बिरुद्घका सामाजिक गीतहरु लगायत बोक्सी कसुर ऐन २०७२ बितरण गरिएको थियो ।




