धादिङ–पोखरा सम्पर्कको शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो विमोचन पोखरामा भएको छ । भित्तेपात्रो विमोचन समाजका पूर्व अध्यक्ष तथा अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपालका संस्थापक अध्यक्ष रुद्र खनालले गरेका थिए ।
उक्त अवसरमा उनले आफूले परिकल्पना गरेको समाजको गतिविधि र सक्रियताप्रति आफू निकै खुशी भएको भन्दै समाजलाई थप गतिशील बनाएर अघि बढाउन आग्रह गरे । धादिङवासीलाई पोखरामा पोखरेलीले हेपेकै कारण समाज जन्मिएको भन्दै अब धादिङवासी भनेर गर्व गर्ने वातावरण सृजना भएको उनले स्पष्ट पारे ।

समाजका तदर्थ समितिका अध्यक्ष नवराज दुवाडीले संस्था स्थापना गर्दाको दुःख र समस्याबारे चर्चा गरेका थिए ।
समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले धादिङवासीबीच एकतामा जोड दिए ।
समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष युवराज खतिवडा, संस्थापक सचिव रामकृष्ण दुवाडी, वरिष्ठ उपाध्यक्ष मोहन पण्डित, सल्लाहकार लालप्रसाद पाठक, कार्यक्रम संयोजक रामकुमार घिमिरे, महासचिव रामप्रसाद पाण्डे राजु र सचिव सरस्वती श्रेष्ठ सरुले बोलेका थिए ।




