पत्रकार अश्विन दानीमाथि सुरक्षाकर्मीकोदुव्र्यवहार

पत्रकार अश्विन दानीलाई शनिबार बिहान दुदुव्र्यवहार भएको छ। पोखरा चिप्लेढुंगाको ट्रेडमल नजिक फेला परेको शंकास्पद वस्तु र आपपासको अवस्थाबारे रिपोर्टिङ गरिरहेका दानीमाथि दुव्र्यवहार भएको छ ।

शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको बेला अफिसियल पेजमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका दानीलाई नेपाली सेनाका क्याप्टेन र नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) शुशील घिमिरेसहितका टोलीले हातपात र दुव्र्यवहार गरेको हो ।

गण्डकन्युज डटकमका संवाददाता दानी अनलाइनको फेसबुक पेजबाट लाइभ गर्दै थिए । पत्रकार हुँ भन्दा भन्दै नियन्त्रणमा लिएर भ्यानमा राख्ने, मोबाइल खोज्ने हर्कतको नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । महासंघ कास्की अध्यक्ष दीपेन्द श्रेष्ठले जारी गरेको विज्ञप्तिमा दोषीमाथि कारवाही गरी क्षतिपूर्ति दिलाउन र आइन्दा यस्ता घटना नदोहो¥याउन आग्रह गरिएको छ ।

यस्तै अनलाइन पत्रकार संघ गण्डकी पनि विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा कास्कीमा पछिल्लो समय अनलाइन सञ्चारकर्मीमाथि सुजियोजित षड्यन्त्र त भएको छैन भन्दै विज्ञप्तिमा बारम्बारको हस्तक्षेत्र बन्द गरी पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन माग गरिएको छ ।