समृद्धि लायन्सको अध्यक्षमा राधिका थापा

महिलाहरूद्वारा स्थापना भएको पोखराको लायन्स क्लव समृद्धिको अध्यक्षमा राधिका थापा निर्वाचित भएकी छन् ।

क्लवको प्रथम उपाध्यक्षमा रेवीका श्रेष्ठ, द्वितीय उपाध्यक्ष रजनी श्रेष्ठ, तृतीय उपाध्यक्ष सुमिता श्रेष्ठ, सचिव देवी श्रेष्ठ, कोषाध्यक्ष शान्ति श्रेष्ठ छन् ।

राधिका थापा

यसैगरी प्रशासन प्रमुख मनलक्ष्मी कार्की, सदस्यता प्रमुख अर्चना मुल्मी, क्लव एलसीएम बुद्धिसुवा गुरुङ, क्लव योजनामा सिमा कोइराला, क्लव बजार व्यवस्थापन सन्ध्या लिगल, स्वास्थ्य विभाग उषा गुरुङ, क्लव टेमरमा ईशा होना, क्लव टुइस्टरमा रोजिना कुँवर छन् ।

क्लवले स्थापनादेखि महिला केन्द्रित रचनात्मक कृयाकलाप गर्दै आएकोले आफूले यस वर्षलाई थप प्रभावकारी रुपमा अघि बढाउने अध्यक्ष राधिका थापाले बताइन् ।

क्लवकी अध्यक्ष कुश्मा राणाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कल्पना श्रेष्ठ, पूर्व अध्यष शाल्बी मर्सानी लगायतले बोलेका थिए ।