हिमाली जिल्ला मुस्ताङमा ४ दिने राष्ट्रिय प्रारम्भिक कक्षा पढाई (ईजिआरपि)समिक्षात्मक कार्यक्रम शुक्रबार समापन भएको छ ।यस अवसरमा यसका अभियान्ता तथा स्थानीय सरोकारवालाको एक टोलीले सदरमुकाम जोमसोममा भब्य ¥यालीको आयोजना ग¥यो ।
‘कक्षा १ देखि ३ सम्मको लगानी जीवन भरको आम्दानी ।छोराछोरी स्कुल जाऔं,शिक्षकसंग पढाईबारे बुझौं ।बोलेर पढौ,ध्यान दिएर सुनौ ,बुझेर पढौं’ लगायतका नारा लेखिएको प्लेकार्ड र ब्यानरसहितको ¥यालीले पुथाङ एयरपोर्ट देखि जोमसोम बजार परिक्रममा गर्दै समापनमा परिणत भयो ।
कार्यक्रमको समापनमा बाल्दै ईजिआरपि पोखराका क्षेत्रिय निर्देशक शसी शाहले बालवालिकाको बृद्धि बिकास र नेपाली भाषा प्रर्वधनका लागि कार्यक्रम उपलब्धि मूलक भएको बताए ।उनले नेपाली भाषा पठन सीपको बिकासका लागि राज्यले ठुलो धनराशी खर्च गरेको उल्लेख गर्दै यस अभियानलाई सार्थक निश्कर्षमा पू¥याउन शिक्षक,अभिभावक र स्थानीय निकायको मुख्य दायित्व भएको औल्याए ।उनले बालवालिकाको बृद्धि बिकासका लागि शिक्षक मुख्य पात्र भएको उल्लेख गर्दै यस अभियानमा समर्पित रहन आग्रह गरे ।
‘ ४ दिने ईजिआरपि समिक्षा कार्यक्रमले थुप्रै उपलब्धिहरु हासिल भएको छ ।धेरै त्रुटी कमी कमजोरीको पहिचान गर्दै अघि बढ्न सजिलो भएको छ,‘निर्देशक शाहले भने‘संबिधानले बालवालिकाको पढाईको मौलिक हकको रुपमा उल्लेख गरेको छ ,स्थानीय निकायको पोल्टोमा शिक्षा संम्वन्धि अधिकार प्राप्त भएको छ ।’
जिल्ला समन्वय समिति उपप्रमुख राजेन्द्र शेरचनले बालवालिकाको पढाई शिक्षाका लागि अंग्रजी शिक्षा मात्र पूर्ण नभएको उल्लेख गर्दै नेपाली भाषाको प्रर्वद्धनका लागि शिक्षकहरुको योगदान महत्वपूण हुने भएकाले त्यसतर्फ लाग्न आग्रह गरे ।उनले बालवालिकाको पहिलो पाठशाला घर भएकाले यसका लागि सर्वप्रथम अभिभावकनै जागरुक हुनुपर्ने सुझाए ।उपप्रमुख शेरचनले शिक्षाक्षेत्रको बिकास र अधिकार स्थानीयतहले अख्तियारी प्राप्त गरेकाले यसतर्फ स्थानीय बढी केन्द्रित रहनु पर्ने उल्लेख गरे ।
शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले बालवालिकाको उज्वल भबिष्यको लागि अभिभावक बढी सक्रिय रहनु पर्ने बताए ।उनले पढाई सीप बिकास गर्न बिद्यालयको मात्र मुख ताक्ने र घरमा ध्यान नदिनाले बालवालिकाका शिकाई उपलब्धिबाटपछि पर्ने गरेको जनाए ।

कार्यक्रममा ईजिआरपि क्षेत्रिय फिल्ड संयोजक दिपक शर्मा ,ईजिआरपि मुस्ताङ संयोजक बुद्धिबल थापा मगर र ईजिआरपि मुस्ताङ मेनेजर प्रजु गुरुङले कार्यक्रमको शहजीकरण गरेका थिए ।४ दिने ईजिआरपि समिक्षा अन्तर्गत स्थानीय तह,स्थानीय शिक्षा ईकाई,बिद्यालय र समूदायबीच घनिभुत अन्तरक्रिया भएको ईजिआरपि संयोजक थापा मगरले जानकारी दिए ।
ईजिआरपिको असल अभ्यासको दिगो बिकासका लागि स्थानीय तह र अन्य सरोकारवालाको भूमिकाकाबारेमा छलफल भएको ईजिआरपि मुस्ताङकी मेनेजर प्रजु गुरुङले बताईन् ।उनले ४ दिने कार्यक्रमले आगामी ईजिआरपि कार्ययोजना तथा प्रारम्भिक कक्षा पढाईको महत्वका बिषयमा पैरवी र बहश भएको उल्लेख गरिन् ।
ईजिआरपि समिक्षा कार्यक्रममा ईजिआरपिमा आवद्ध स्थानीय तहका प्रतिनिधि,स्थानीय शिक्षा ईकाई,स्थानीय तहको सामाजिक बिकास शाखाका प्रतिनिधि,बिद्यालयका प्रधानाध्यापक,ईजिआरपि तालिम प्राप्त शिक्षक ,बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,ईजिआरपि उपसमिति,दौतरी शिक्षा अभिभावक,ईजिआरपि अभिभावक र पत्रकार सम्मिलित थिए ।
कार्यक्रम शिक्षक ,अभिभावक,समूदाय परिचालक अधिकृत ,दौतरी शिक्षा अभिभावक र ईजिआरपि अभिभावक लगायतबीच कार्यक्रमको औचित्य,उपलब्धि र सुधारका बिषयमा छलफल भएको जनाईएको छ ।





