फेवातालमा अलपत्र परेका तीन जनाको उद्धार

कास्की स्थित फेवातालमा बोटिङ्ग गरिरहेका तीन जनाको सकुशल उद्धार गरेको छ । तालमा डुंगा गर्दागर्दै अचानक आएको हावाहुरीको कारण अलपत्र परेका तिन जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

एक्कासी आएको हावाहुरीको कारणएक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो ।