घाटमा लागिएको शव प्रहरीले नियन्त्रणमा लिएपछि

वीरगन्जमा जलाउन घाटमा पु¥याइएकी एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरजन्ज महानगरपालिका २३ प्रसौनीविर्ताकी करीब २८ वर्षीया अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

परिवारकै सदस्यबाट अन्जुको हत्या भएको आशंकामा अनुसन्धानका लागि लाश नियन्त्रणमा लिएको पर्साका डिएसपी अन्नतराज शर्माले जानकारी दिए ।

उनले शव जलाउन घाटमा लैजादै गर्दा प्रहरी पुगेपछि शव छोडेर मलामी भागेको र अन्जुका पति पन्नालाल फरार रहेकोले पनि घटना शंकास्पद देखिएको बताए ।

प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अन्जुको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगन्जमा लगिएको प्रहरीले जनाएको छ ।