समायोजनमा परेका स्वास्थ्य समूहअन्तर्गतका कर्मचारीलाई मन्त्रालयको यस्तो निर्देशन

समायोजनमा परेका स्वास्थ्य समूहअन्तर्गतका कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनपत्र नभएसम्म हाल कार्यरत स्थानमा नै काम गर्न निर्दैशन दिएको छ।

सार्वजनिक भएको समायोजनको काममा ढिला हुने भएपछि मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख जनार्दन गुरागाईद्वारा जारी गरिएको विज्ञप्तिमा कर्मचारीलाई उक्त निर्देशन दिएको हो ।

स्वास्थ्य समूहको सामार्वजनिक भएको समायोजन सूचीमा धेरै त्रुटि भएपछि त्यसलाई सच्याउनुपर्ने र केही समय लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले जनाएअनुसार हालसम्म सार्वजनिक भएको सूचीमा करिब १३ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरूको समायोजनमा त्रुटि भएको भन्दै गुनासो दर्ता गराएका छन्।