स्कुल रुपान्तरण गर्न साभले दियो तालिम

नयाँ शैक्षिक शत्र आरम्भमा ‘विद्यालय रुपान्तरणमा प्रधानाध्यापक र शिक्षकको भूमिका’ विषयक अभिमुखीकरण आयोजना भएको छ । बिहीबार साभ नेपालले आयोजना गरेको प्रशिक्षणमा २५ जना सहभागी थिए ।

सहभागीलाई प्रमुख प्रशिक्षक किशोरदत्त बरालले विद्यालय, प्रधानाध्यापक र शिक्षकको रुपान्तरण, जीवन उपयोगी अथवा सफलताको सीपको विकास, सकारात्मक सोच लगायत विषयमा प्रशिक्षण दिए । साभ नेपालका अध्यक्ष तुलसी प्रवासले शिक्षक हुनुको गौरव विषयमा प्रकाश पारे । पोखरा ११ फूलबारीमा रहेको शिवशक्ति माविमा कार्यक्रम भएको थियो ।

संस्थाले शिक्षा क्षेत्रका समस्या, नेतृत्व क्षमताको विकास, शिक्षकहरूमा विषयगत शिक्षण सीपको विकास आदिका लागि सशक्त तालिम सामग्री पनि उत्पादन गरिरहेको छ । अहिले नेतृत्व विकास, बालमनोवैज्ञानिक समस्या र अभिभावकको अपेक्षित भूमिका लगायतका विषयमा विभिन्न तालिम तथा सेमिनार गरिरहेको अध्यक्ष प्रवासले बताए ।