मुस्ताङको ढुम्बामा ३ लाख ६४ हजार रुपैयाँसहित १० जुवाडे पक्राउ

मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बा गाउँमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद ३ लाख ६४ हजारसहित १० ब्यक्तिलाई पक्राउ गरेको छ ।जुवा खेल्दा पक्राउ परेका ब्यक्तीहरुलाई प्रहरीले अनुसन्धानका लागि अहिले हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

मुस्ताङका प्रहरी नायब उपरिक्षक तुलबहादुर कार्कीका अनुसार घरपझोङ गाउपालिका २ मार्फाका राजु लालचन, बिशाल बिक ,फिरोज लालचन , घरपझोङ वडा नं.३ स्याङका महेन्द्र थकाली,सन्तबहादुर नेपाली, कपिल थकाली,सोनम गुरुङ,चन्द्र थकाली र घरपझोङ ५ का सुरेन्द्र बिक र सञ्जय थकाली छन् ।

जुवा खेलिरहेको भन्ने बिशेष सुराकीका आधारमा प्रहरीले साँझ अन्दाजी ५ बजेतिर छापा मारेको प्रहरी नायब उपरिक्षक कार्कीको भनाई छ ।उनले खालबाट नगदसहित तास २ सय ८ पत्ती र ४६ थान कौडा बरामत गरेको जानकारी दिए ।पक्राउ परेका उनीहरुलाई जुवातास ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाईने बताए ।