पोखरामा वल्ड लिभर डे मनाइँदै

‘तपाईको कलेजोलाई माया गर्नुस्, दीर्घ जीवन पाउनुहोस्’ भन्ने नाराका साथ वल्ड लिभर डे शुक्रबार विश्वभर मनाइँदै छ । पोखरामा पनि शुक्रबार यो दिवस मनाउने तयारी भएको छ ।

पोखराको पृथ्वीचोकमा रहेको पेट तथा कलेजो उपचार केन्द्र (ग्यास्ट्रो केयर)ले दिवस मनाउन लागेको हो । शुक्रबार हुने कार्यक्रममा ग्यास्ट्रोका पेट तथा कलेजो रोग विशेषज्ञ डा सुवास भट्टराईले कलेजो रोगबारे बिरामी र अन्य उपस्थितलाई जानकारी दिनेछन् । शुक्रबार ग्यास्ट्रो केयरले सित्तैमा बिरामीको परीक्षण गरिने जनाएको छ । सुगर र कलेजोको रगतसम्बन्धी जाँच पनि सित्तैमा गरिने जनाइएको छ । यसका लागि टेलिफोनबाट समेत नाम दर्ता गर्न सकिनेछ ।

कलेजोको गम्भीर अवस्थामा आइसकेका बिरामीमा जन्डिस हुने, खाना रुचि नहुने, दुब्लाउँदै जाने विविध समस्या हुन्छन् । कलेजोलाई निरोगी बनाउन हामीले खानपान, जीवनशैली र व्यायममा ध्यान दिनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । जंक फुड, चिल्लो नखाने गर्नुपर्छ भने फलफूल र सागपात धेरै खानुपर्छ ।

पेट तथा कलेजो रोग बिशेषज्ञ डा. सुवास भट्टराई कलेजोबाट बाच्न खानपान सुधार र नियमित व्यायम गर्दै समय समयमा कलेजो जाँच गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘कलेजो रोगको मुख्य कारण रक्सीसेवन हो । धूमपान, हेपाटाइसिस बि र सि हुनु, जंक फुड प्रयोग, जथाभावी औषधीको प्रयोगले पनि कलेजो रोग हुन सक्छ ।’