पाल्पा जिप दुर्घटनामा चालकको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका -५, ताँहु देउरालीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

दुर्घटनामा ३० वर्षीय चालक लालबहादुर सिंजालीको मृत्यु भएको हो भने उनका दाजु देवबहादुर सिंजाली घाइते भएका हुन ।

रम्भा गाउँपालिका-५, ताहुँको मलेङ्बाट ताँहु बजारतर्फ आउँदै गरेको लु १ ज १७८६ नम्बरको जिप बुधबार बेलुकी दुर्घटनामा परेको हो ।


चालक सिंजालीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कृष्ण सापकोटाले बताए।

उकालोमा ब्रेक फेल भई पछाडि हट्दा दुर्घटनामा भएको जीप सडकबाट झण्डै २ सय मिटर तल खसेको स्थानीयले बताए। घाइतेको प्रभासमा उपचार भइरहेको छ।