पत्रकारको भवन निर्माणको लागि हाम्रो पनि अपनत्व छ–मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणमा आफ्नो पनि अपनत्व रहने बताएका छन् ।

पोखरामा आज बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको नेतृत्वको टोलिसंग भेट गर्दै गुरुङले नयाँ आर्थिक वर्षमा महासंघको भवन निर्माणको लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाएका हुन् ।

दुईतले भवन निर्माण गरिसकेको महासंघ तेस्रो तला निर्माणको चरणमा छ । सुविधा सम्पन्न सभाहल र सूचना केन्द्र सहितको भवन निर्माणको लागि १ करोड ३० लाख रुपैयाँ खर्च लाग्नेछ ।

हाल सम्म ८० लाख रुपैयाँ खर्च भईसकेको अध्यक्ष सिरिषले बताए ।