चिटिक्क बने एनआरएनएले बनाएको लाप्राक नमुना बस्ती

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरिरहेको लाप्राक नमुना बस्ती लगभग अन्तिम चरणमा रहेका छन् ।

गैर आवासीय नेपाली संघले सञ्चालन गरेको गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै हस्तान्तरणको तयारीमा एनआरएनए जुटेको हो ।

२०७६ बैशाख १२ गते लाप्राक नमुना बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाकन जिकैको लाप्राक गाउँमा एनआरएनले सञ्चालन गरेको सो पोजेक्ट २०७३ साल वैशाख १२ गते गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारी, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल, एनआरएन अध्यक्ष शेष घलेले घर बनाउने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार ५७३ घर बनाउनका लागि २०७३ माघबाट जग खन्न थालिएको थियो । सबै एकै प्रकारका २ तले ४ कोठे घर बन्ने लाप्राक नमुना बस्ती गुरुयोजनामा उल्लेख छ ।