युनाईटेड क्लवद्धारा पोशाक वितरण

युनाईटेड क्लवले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा पोखराको कुंँडहरस्थित कुंँडहर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको छ । क्लवले विद्यालयमा अध्ययनत ३० विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैनाकुमारी गुरुङले युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको सन्दर्भमा विद्यार्थीलाई पोशाक वितरण गरेकोमा धन्यवाद दिइने । उनले युनाइटेड क्बलको हरेक काममा आफ्नो विद्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन् ।

युनाईटेड क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र सोही कार्यक्रम अनुसार पोशाक वितरण गरिएको बताए ।

क्लवका अध्यक्ष लालकाजी गुरुङले आगामी दिनमा पनि क्लवले लिएको लक्ष्यलाई पूरा गर्न सबैसंग सहकार्य गरेरै अघि बढ्ने बताए । कार्यक्रम सञ्चालक क्लवका महासचिव शान्तबहादुर थापाले गरेका थिए ।