रामबजार जेष्ठ मिलन केन्द्रमा जन्मोत्सव कार्यक्रम

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रका साधारण सदस्य सुबेदार रुद्र बहादुर थापा (श्रेष्ठ) ले संस्थाका सदस्यहरु माझमा एक कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाएका छन् ।

उनले ८० बर्ष पुरा गरी ८१ बर्षमा लाग्नु भएको अवसरमा यस सस्थाका सम्पूर्ण सदस्य, कार्यसमितिलाई जुस, खिर, तरकारी खुवाएर जन्म दिन मनाउनु भएको रामबजार जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्षले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष श्रीमती माया भुजेलले फुल को गुच्चा दिदै दिर्ग जीवनको कामना गरेका थियो ।

सुबेदाररुद्र बहादुर थापा (श्रेष्ठ ) को छोरी श्रीमती धुर्ब श्रेष्ठले प्रत्येक बर्ष बाबाको जन्म दिन यसै ठाउँमा यसरी मनाइ रहन पाऊ भन्ने कामना गर्नुभएको थियो भने सपूर्ण जेष्ठ सदस्यले जन्म दिन को शुभकामान आदान प्रदान गरेको थिए ।