भालुको आक्रमणबाट घाइते

तनहुँको भानु नगरपालिका १३ साठ्ठीमुरेमा भालुको आक्रमणबाट वृद्ध घाइते भएका छन् । अन्दाजी ६० वर्षका प्रेम बानियालाई जंगलमा बाख्रा चराउन जाँदा भालुले आक्रमण गरेको हो ।

उनको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।