श्रीमानको कुटपिटबाट घाईते मणिपालमा

पर्वतको माहाशिला गाउँपालिका ८ लामतुङमा श्रीमान्को कुटपिटबाट श्रीमती घाइते भएकी छन् । करिब ५५ की यमकुमारी सुनारलाई उनका श्रीमान दिलबहादुर सुनारले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घाईते भएकी हुन् ।

उनलाई उपचारक लागि पोखरा ल्याएको छ । फरार दिलबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।