पचभैयामा वडा स्तरिय भलिवल ५ गतेदेखि

पोखरा महानगरपालिका वडा नं.३१ पचभैयामा रहेको पचभैया प्रगतिशिल यूवा मञ्चले प्रथम वडा स्तरीय भलिवल प्रतियोगिताको तयारीलाइ तिव्र पारेको छ । यही बैशाख ५ गते देखि ७ गते सम्म हुने प्रतियोगिता पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

मञ्चका अध्यक्ष सुनिल थापाको अध्यक्षतामा भएको कार्यक्रममा खेल संयोजक पुरुषत्तम अधिकारीले २०५० सालमा स्थापना भएको यूवा मञ्चले विभिन्न सामाजिक तथा मानविय कार्यहरु गर्दै आएको जानकारी दिंदै पचभैया प्राकृतिक सौन्दर्यले भरिएको ऐतिहासिक, धार्मिक तथा पर्यटकको दृष्टिकोणले पनि प्रचुर सम्भावना भएको स्थल भएको बताए।

पचभैयामा आन्तरिक तथा वाह्य पर्यटनको विकासका साथै खेलकुदका माध्येमबाट यस क्षेत्रको पहिचान र विकासका लागि वडा स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरिएको अधिकारीले बताए । यस क्षेत्रका खेल प्रेमीहरुलाइ समेटी गाइघाटमा रहेको खाली जग्गालाइ सदुपयोग गरी खेलमैदानको रुपमा विकास गरी युवाहरुलाइ खेलप्रति रुचि बढाउनु प्रतियोगिताको उद्धेश्ये रहेको अधिकारीले बताए ।

पोखरा महानगरपालिका वडा नं ३१ संयोजन गरेको प्रतियोगितामा उपाधि विजेताले नगद रु ५० हजार , शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने प्रथम पुरस्कार कुर्लुङखोला खानेपानी आयोजना ले प्रायोजन गरेको अधिकारीले जानकारी दिए । यसै गरी उपविजेताले नगद रु ३० हजार , लिल्ड र मेडल प्राप्त गर्ने छ भने सो पुरस्कारको प्रायोजन पचभैया सामुदायिक वन उपभोक्ता समितिले गरेको छ ।

उत्कृष्ट खेलाडीको प्रायोजन सेभेन लेक्स शुद्ध पिउने पानी रहेको छ । त्यस्तै गरी जिल्ला खेलकुद विकास समिति, स्थानिय विभिन्न सामाजिक संघ संस्थाहरु, व्यानरदाताहरु सहयोगीका रुपमा रहेका छन् । प्रत्येक वडाबाट कम्तीमा पनि एक टिमको सहभागी रहने आयोजकले जानकारी दिएको छ । अहिले सम्म १३ टिमको दर्ता भएको र जम्मा ४० टिमको सहभागिता रहने आयोजकले दाबी गरेको छ । प्रतियोगितामा ५ लाख ८० हजार १ सय ६० खर्च हुने अनुमान गरिएको छ भने ६ लाख ५० हजार आमदानी हुने र वाँकी बचत रकमबाट पचभैया गाइघाटमा रहेको खाली जग्गालाइ खेल मैदानका रुपमा विकास गर्ने र स्थानिय युवाहरुलाइ खेलसम्बन्धि तालिमको पनि व्यवस्था गर्ने योजना रहेका मञ्चका अध्यक्ष सुनिल थापाले जानकारी दिए ।

यसै गरी कुर्लुङखोला खानेपानी आयोजनका अध्यक्ष दिन नाथ ढकालले पचभैया प्राकृतिक सौन्दर्य तथा धार्मिक तथा पर्यटनको हिसाबले पचभैया ऐतिहासिक स्थाल भएको बताउँदै जति यस क्षेत्रको विकास हुनुपर्ने त्यति नभएको गुनासो गरे । पचभैयाको ऐतिहासक महत्व रहेको भन्दै ढकालले भने , “ महाभारतमा पाँच भाइ पाण्डबहरु हिमालयपर्वतमा घुम्दै फिर्दै यस क्षेत्रमा आइ देविको आराधाना गरेको जानकारी दिंदै १ वर्ष गोप्यवास गरेको माहाभारतमा स्तुति गरिएको ढकालले बताए ।

पन्चभैयाबाट पचभैया नामकरण भएको ढकालले बताए । पचभैया प्रगशिल युवा मञ्चका पूर्व सचिव धन बहादुर गुरुङले स्वागत गरेका थिए भने ऋषिकान्त पौडेलले कार्यक्रम सन्चालन गरेका थिए ।