विश्वकप खेल्ने अष्ट्रेलिया टिमको घोषणा, कोको परे टिममा?

एजेन्सी – अष्ट्रेलियाले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ ।

सन् २०१५ को च्याम्पियन अष्ट्रेलियाले हालसम्म ५ पटक वान डे विश्वकप जितेको छ । छैटौं पटक विश्वकप जित्ने धुनमा रहेको अष्ट्रेलिया पछिल्ला ८ वानडे खेलमा अपराजित रहेको छ । अष्ट्रेलियाले विश्वकपमा पहिलो खेल जुन १ मा अफगानिस्तानसँग खेल्दै सुरुवात गर्ने छ ।

अष्ट्रेलियाको विश्वकप खेल्ने १५ सदस्य टोली
१. आरोन फिन्च (कप्तान)
२. जेसन बेहरनडर्फ
३. एलेक्स केरी (विकेटकीपर)
४. नाथन कुल्टर नाईल
५. प्याट कमिन्स
६. उस्मान खवाजा
७. नाथन लायन
८.शन मार्श
९. ग्लेन म्याक्सवेल
१०. झेय रिचड्सन
११. स्टिभ स्मिथ
१२. मिचेल स्टार्क
१३. मार्कस स्टोईनिस
१४. डेविड वार्नर
१५.एडम जम्पा

source by hamrokhelkud.com