गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा नेपाली काँग्रेसका नेता तथा पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीको मृत्यु भएको छ ।
गुल्मीको नेटाबाट तम्घास जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप विहिबार बिहान दुर्घटनामा परेको थियो ।
दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्तुका भण्डारी सहित मालिका गाउँपालिका १ नेटाका ओसर विकको मृत्यु भएको घटनास्थल पुगेका पौदी अमराई प्रहरी चौकीका प्रहरीले जानकारी दिएका छन् ।
दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइते सवैलाई गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।






