रहेनन् संगीतकार श्रीमान् थुलुङ

संगीतकार श्रीमान् थुलुङको दुर्घटनामा ब्धबा ासत ज्यान गएको छ । राती करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको स्कुटर दुर्घटनामा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

उनले चलाएको ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएको थियो । स्कुटर दुर्घटनापछि उनी नहरमा खसेका थिए । करिब एक घण्टापछि साढे १० बजे दुईकुलाको मुहानबाट उनलाई उद्धार गरी अस्पताल लगिएको थियो ।

उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे । ५० बर्षीय थुलुङको निधनपछि उनको परिवार सहित समग्र पोखरेली संगीतकर्मी शोकमा छन् । सोलुखुम्बुबाट २०५४ सालमा उनी पोखरा छिरेका उनी तराना संगीतालय चलाउँथे । स्कुटरमा सँगै रहेकी उनकी श्रीमती भने सकुशल छिन् ।