सांसद राजेन्द्र लिङ्देनलाई धम्की दिने २ पक्राउ

सांसद राजेन्द्र लिङ्देनसहित सर्वसाधारणलाई धम्की दिएको आरोपमा प्रहरीले २ जनालाई पक्रेको छ ।

प्रहरीले काठमाडौंको टोखा बस्दै आएका १९ वर्षीय प्रदीप रोकाया र बालाजु बस्दै आएका २९ वर्षीय तिलकदास पराजुलीलाई गिरफ्तार गरेको हो । अज्ञात व्यक्तिले रकम माग गरेको र नदिएमा गोप्य भिडियो बनाइ बेइज्जती गर्ने तथा ज्यान मार्ने धम्की दिएको भन्दै पीडितले केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्ज काठमाडौंमा उजुरी दिएका थिए।