पाथीभरबाट फर्केको गाडी दुर्घटना

पाथीभर दर्शन गरी फर्किएका तिर्थयात्री चढेको पिक अप भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । उनीहरु सबै निजगढ बाराका हुन् ।

मे १ ज १४८६ नं को पिकअप भ्यान मंगलबार राति ९ः५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको हो ।

घाइते पाँच जनाको अवस्था गम्भिर छ । ६ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देल गम्भीर घाइते छन् । बाँकी ६ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ ।