ताजा समाचार

चैत्र २७ गते २०७५

महानायक अमिताभले किने सबैभन्दा महँगो कार

एजेन्सी/ बलिउडका चर्चित महानायक अमिताभ बच्चनले अहिले सम्मकै महग्गो कार किनेका छन । भारतिय मिडियाका अनुसार उनले किनेको कारको मूल्य लगभग ६८।४ लाख रुपैया रहेको छ।उनी कारका निकै सौखिन रहेका छन । उनले हाल सम्म लगभग सबै ब्रान्डका कार किनिसकेका छन ।

हालै मात्र अमिताभले इंडियाको सबैभन्दा महँगो पर्ने एमपीवी नामक कार किनेका छन । भारतिय मिडियाका अनुसार अमिताभले मार्सिडीज बेजको कार खरिद गरेका छन। कार किने पश्चात अमिताभले आफ्नो कार अगाडी बसेर फोटो समेत खिचाएका छन ।