माओवादी आक्रमणमा भजपा विधायकको मृत्यु

चुनावी प्रचारको अन्तिम दिन भारतको छत्तिसगढमा भारतीय माओवादीले गरेको आक्रमणमा भारतीय जनता पार्टी भाजपाका १ विधायकसहित पाँच जनाको मृत्यु भएको छ ।

आक्रमणमा विधायक भीमा मान्डवी, उनका ड्राइभर र ३ सुरक्षाकर्मीको ज्यान गएको हो । दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भएको हो । आक्रमणबाट बुलेटप्रुफ गाडी क्षतविक्षत भएको छ । दन्तेवाडामा ११ अप्रिलमा पहिलो चरणको चुनाव हुँदैछ ।