नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बर्दियाका जिल्ला सदस्यले स्थानीय प्रशासन समक्ष आत्मसमर्पण गरेका छन् ।
नेकपा विप्लव पार्टीका पूर्विजिल्ला सदस्य ठाकुरबाबा नगरपालिका–७ का ४७ वर्षीय यज्ञप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय गुलरियामा आफै उपस्थित भएर पार्टीको कुनै पनि भूमिकामा नरहने उल्लेख गर्दैै अब उप्रान्त पनि विप्लव पार्टीमा कुनै संलग्नता सम्बन्ध नभएको र सोमबारदेखि नै सम्बन्धविच्छेद गरेको सापकोटाले बताएका छन् ।
नेकपा विप्लव पार्टीका पूर्व जिल्ला सदस्य सापकोटाले आत्मसमर्पण गरेको जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिएका छन् । उनका अनुसार नेकपा विप्लवको पार्टीमा कुनै पनि भूमिमा नरहने भन्दै आत्मसमर्पण गरेकाले सुध्रिने मौका दिइएको प्रजिअ कुरुम्बाङ्ग बताएका छन् ।






