पोखरा १७ विरौटास्थितब्लु स्काइ मन्टेसरीमा सातौं अभिभावक भेला भएको छ । सो अवसरमा मन्टेसरीका उत्कृष्ट बालबालिकालाई पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिक्षाबिना विकास असम्भव भएको बताएका छन् । उनले भने, ‘शिक्षाको चेतनाबिना समाज र राष्ट्रको विकास हुँदैन ।’अध्यक्ष अधिकारीले पछिल्लो समय शिक्षामा व्यापारीकण बढेको बताउँदै व्यवस्थित गर्नुपर्ने खाँचोसमेत औंल्याए ।
मन्टेसरी एसोसियसनका उपाध्यक्ष मिलन केसीले बालबालिकाको भावना र रुचि अनुसार सिकाउनुपर्ने बताउँदै बालमैत्री वातावरण हुनुपर्नेमा जोड दिइन् ।
यसैबीच मन्टेश्वरीको स्थापनादेखि हालसम्म योगदान पु¥याएका विष्णुहरि बराल, बलरामपूर्णविराम सुवेदी र कृष्णप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।
मन्टेश्वरीका प्रधानाध्यापक टीकाकुमारी आचार्य सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गिरिराज सुवेदी, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एकराज गिरी, विद्यार्थी श्रेया गिरी र मन्टेश्वरीका व्यवस्थापक जर्नादन सुवेदी लगायतले बोलेका थिए ।





