गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकार गठनको १ वर्षमा नीति र पूर्वाधार निर्माणले पूर्णता पाएको बताएका छन् ।
भरतपोखरी विकास मञ्चद्वारा आयोजित शुभकामना आदान प्रदान तथा नयाँ वर्ष २०७६ को क्यालेन्डर विमोचन गर्दैै नयाँ वर्ष विकासको वर्ष हुने बताए । विकासले वर्षा गर्छ, उनले भने, ‘नयाँ वर्ष नयाँ जोस् र जाँगरले नेपालले फड्को मार्छ ।’ नयाँ वर्ष ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियानलाई अघि बढाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै कोइरालाले विकास निर्माणमा सबैको सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए ।
कार्यक्रममा पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, मञ्चका अध्यक्ष डिल्लीराम बराल, मञ्चका महासचिव गणेशप्रसाद ढकाल, सदस्य ऋषिमाया लामिछाने, वडा सदस्य दीपक लामिछाने, मञ्चका सल्लाहकार यज्ञप्रसाद अधिकारी र केशरप्रसाद निर्दोषी, सरस्वती टीका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य लगायतले बोलेका थिए ।






