पोखरा ७ को एन्जल्स मन्टेस्वरी बिद्यालय को दशौ बार्षिकोत्सब तथा अभिभाबक दिबस समारोह सम्पन्न भएको छ ।पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवि गुरुङले सामुदायिक विद्यालय श्री कृष्ण माविको गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोषलाई मन्टेश्वरीका तर्फबाट रु.५००५ प्रदान गरी कार्यक्रमको उद्धघाटन गरिन्।उपमेयर गुरुङले मन्टेस्वरी आजको आवश्यकता हो ।मन्टेस्वरीमा बाबूनानीलाई ब्यबहारिक शिक्षा प्रदान हुने हुनाले बाबुनानीहरुको क्षमता बढेको पाइएको छ । मन्टेस्वरीमा हुनुपर्ने गुण यस एन्जल्स मन्टेस्वरीमा रहेको बताइन् ।
बिशेष अथिती पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बरालले सुन्दर नगरी पोखराको रमणीय स्थल मासबारमा आजभन्दा १० बर्ष अगाडि स्थापना भएको बिद्यालय आफ्नै पक्की भवनमा सबै सुविधाजनक तवरबाट संचालन भएको हुँदा ढुक्कसँङ्ग आफ्ना बाबुनानी हरुलाइ स्कुल पठाउन अभिभावकलाई आग्रह गरे। कार्यक्रममा अतिथिका रुपमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य युवराज पराजुली र महानगर पालिका शिक्षा प्रमुख हेमप्रसाद आचार्यको उपस्थित रहेको थियो।
कार्यक्रममा बिद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने, बिद्यालयमा लामो समयसम्म सेवा प्रदान गर्ने मन्टेस्वरीकी आमा शान्ति भारती र शिक्षक शारदा गुरुङलाई दोसल्ला, करुवा र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा शैक्षिक तथा खेलकुदमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण , नतिजा प्रकासन, यु के जि पासलाई दिक्षान्त समारोह र विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो।कार्यक्रममा सभापतित्व मन्टेस्वरीका सस्थापक प्रधानाध्यापक भवानी अधिकारी बरालले गरिन्। कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद ज्ञापन निर्देशक किशोर बराल र कार्यक्रम सञ्चालन शिक्षिका प्रमिला बरालले गरेकि थिइन् ।





