नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। भारतको राजधानी दिल्लीस्थित महासंघ कै सभाहलमा सम्पन्न अधिवेशनले सर्वसहमतीमा लोकेश शाह ‘आर्यन’को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
कार्यकारी समिति चयनबाट अधिवेशनले समितिको उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव अर्जुन खनाल , सचिव देवेन्द्र केसी(खुल्ला ), सचिव धन वीर पुन (समावेसी) , र कोषाध्यक्षमा धन बहादुर बिकलाई चयन गरेको छ।त्यसै सदस्यमा इन्द्रकमल जैरु, बाबुरोका मगर , भेषराज पौडेल, खुमबहादुर गुरुङ र केशवराज पोख्रेल चयन भएका छन् भने प्रमुख सल्लाहाकारमा निवर्तमान महासचिव गोविन्द पोख्रेल र सल्लाहाकार सदस्यमा ऋषिराम अधिकारी रहेका छन् ।
भारत स्थित नेपाली राजदुतावासका प्रतिनिधि , भारतमा कार्यरत राजनैतिक, कुटनितिक तथा सामाजिक संस्थाहरु, बित्तिय संस्था, नेपाल वायुसेवा निगमका प्रतिनिधिहरुको उपस्थितिमा महासंघ भारत शाखाले नयाँ कार्यसमिति पाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासंघ केन्द्रिय समितिका अध्यक्ष गोबिन्द आचार्यले पत्रकारहरु आम नागरिक भन्दा माथि नभएको बताउदै आचारसंहिता पालना गर्नु पर्ने बताउनु भएको थियो । उहाँले आफ्नो मातृभूमिको कानुन पालना गरेझै भौगोलिक हिसावमा कार्यभूमिको पनि कानुन पालना गर्दै काम गर्नु पर्ने बताउनु भयो । भारतबाट नै सुरु भएको नेपाली पत्रकारिताले भारतमै गोलवद्ध भएर काम गर्दै गर्दा यहाँका अवसर र चुनौती बारे प्रष्ट पर्दै नयाँ कार्यसमितिलाई बधाई एवंम् सुभकामना दिनु भएको थियो । घोषणा सभामा बोल्दै नेपाली राजदूतावासका प्रतिनिधि होम प्रसाद लुँईटेलले राजदुत निलाम्बर आचार्यद्वारा प्रेषित सुभकामना सन्देश पढेर सुनाउदै शुभकामना दिनुभएको थियो ।






