पोखरामा अनलाइनकर्मी सङ्गठित


पोखरामा अनलाइन मिडियाकर्मीहरु आफ्नो पेशालाई मर्यादित बनाउनका लागि सङ्गठित भएका छन्। गणेश बराल (ढाकामोहन)को अध्यक्षतामा गठन भएको उक्त समितिको उपाध्यक्षमा सरिता तिम्सिना पंगेनी (पोखरा पोष्ट डट कम), सचिवमा बालकुमारी पौडेल ‘तारा’ (सिटीपोखरा डट कम) सहसचिवमा नरहरि पौड्याल (शुभेच्छान्यूज डट कम), कोषाध्यक्षमा सुनिल पाण्डे (नेपालदूत डट कम) रहेका छन् ।

यसैगरी समितिक सदस्यमा नरमाया रसाईली (नेपाल प्लसरेडियो डट कम), अश्विन दानी (गण्डकन्यूज डट कम), अरुण गिरी (जक्शन डट कम), रोहित बस्नेत (पोखरा टुरिज्म न्यूज डट कम), सन्तोष बस्याल (परिचय नेटवर्क डट कम), प्रह्लादचन्द्र घिमिरे(समाचारपाटी डट कम) छन् ।

समितिको सल्लाहकारमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष केशव पाठक, पत्रकार रामजीप्रसाद लम्साल, नेपाल फोटो पत्रकार महासंघ कास्कीका सचिव दुर्गाप्रसाद पौडेल, चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विक, पत्रकार सागरराज तिमिल्सिना र पत्रकार प्रकाश ढकाल छन् ।