लायन्स क्लब हेल्पफुल हेण्डसले शनिबार सम्पन्न गरेको रक्तदान कार्यक्रममा ६० युनिट रगत सङ्कलन भएको छ।
डिस्ट्रिक ३२५बि१ का क्याविनेट सेक्रेटरी लायन राम वसेलले क्लबका सदस्य पहिलो रक्त दाता गणेश सुनार लाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भयो।क्लबले गरेका सेवाका कार्यको प्रसम्सा गर्दै लायन्स ले समाजमा सबै भन्दा बढी रक्तदान गरेर पुन्य काम गरेको वताउनु भयो।
त्यसै गरि कार्यकमलाई शुभकामना दिंदै दितिय भाइस गभर्नरका उमेदवार विशेश्वर आचार्यले क्लब ले गरेको रक्तदान कार्यक्रमले देशमा घटिरहेका विपत हरु र तराइमा धटेको दुर्घटनालाई रगतको अभाब हुन नदिन यो कार्यक्रम ले सहयोग गर्ने भन्दै प्रशंसा गर्नु भयो ।
कार्यक्रममा रिजन चियर पर्सन माधव पौडेल, जोन चियर पर्सन डिवि विश्वकर्मा लगायतले शुभकामना दिनु भयको थियो। कार्यक्रम अमरसिंह चोकमा भएको क्लबका अध्यक्ष मोहन सुवेदीले जानकारी दिनुभयो।






