लायन्स कालिका पोखरा भ्यु टाउनको अध्यक्षमा चन्द्रा शर्मा निर्वाचित भएकी छन् ।
क्लबको अधिबेशनले वर्ष १९÷२० का लागि प्रथम उपाध्यक्षमा पोषणमणि त्रिपाठी, द्वितीय उपाध्यक्षमा सूर्य पौडेल, तृतीय उपाध्यक्षमा शुक्रराज अधीकारी, सचिवमा श्याम तिमिल्सिना र कोषाध्यक्षमा दिनेशबाबु खड्कालाई निर्वाचित गरेको छ । क्लबका सिनियर एडभाइजर चण्डी अर्याल र जोन चियर पर्सन डोलबहादुर थापा को उपस्थिति नेतृत्व चयन भएको हो ।






