नेपालदूत , पोखरा
चैत्र २२ गते २०७५
महोत्तरी जिल्लाको वलवा नगरपालिका वडा नं. ८ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकेन्द्र महतोको हृदयघातबाट बिहीबार निधन भएको हो ।
अचानक पेट दुखेपछि उनलाई जनकपुरको रामजानकी हेल्थ केयरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा लोकन्द्रको मृत्यु भएको वलवाका मेयर विनोद यादवले बताए ।