शुक्रबार बिहान वर्षा भएसँगै मौसम पूर्वानुमान महाशाखाले थप दुई पानी पर्ने जनाएको छ । पूर्वी वायु र पश्चिमी वायुका कारण देशभर शुक्रबार दिनभर वर्षा हुने र यही क्रम शनिबार र आइतबार रहने महाशाखाका मौसमविद् सुवास रिमालले बताएका हुन् ।
उनका अनुसार अबका दुई दिन हल्का वर्षा हुनेछ भने केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । बंगालको खाडीबाट आएको वायुका कारण पानी पर्न थालेको पनि रिमालले बताएका छन् । वर्षाका सँगसँगै हावाहुरीको सम्भावना पनि यथावत् रहेको महाशाखाले जनाएको छ ।






