महानायक राजेश हमाल किन आउँदैछन् पोखरा ?

नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल पोखरा आउने भएका छन् । हमाल सेभ द चिल्ड्रेन, सेभ द नेसनले पोखरामा आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी हुन आउन लागेका हुन् ।
कार्यक्रम आगामी वैशाख ७ गते हुँदैछ । अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ सांगीतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिए ।
उक्त अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति राख्नेछन् ।

संयोजक पौडेलका अनुसार गायक शिव परियार, मेलिना राई, चोलेन्द्र पौडेल, लोकदोहोरी गायक प्रकाश सपुत, गायिका नीलिमा थापामगर, सन्तोष सुवेदी, सन्तोष बस्याल लगायतले साँगीतिक प्रस्तुति राख्ने कार्यक्रम छ ।

कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ ।