शुभकामना महिला विकास केन्द्रको १५औं वार्षिकोत्सव

पोखरा–४ स्थित शुभकामना महिला विकास केन्द्रले १५ औं वार्षिकोत्सव मंगलबार मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा–४ का वडाध्यक्ष शंकरप्रसाद बाँस्तोलाले शुभकामना महिला विकास केन्द्रको काम निकै सराहनीय र प्रशंसनीय भएको भन्दै आवश्यक सहयोग गर्न वडा कार्यालय तत्पर रहेको बताए ।

उनले केन्द्रका लागि के कस्तो सहयोग आवश्यक पर्छ प्रस्ताव लिएर आउन समेत आग्रह गरे । वडाध्यक्ष बाँस्तोलाले सबै मिलेर शुभकामलाई पोखराकै नमुना संस्था बनाउनुपर्नेमा जोड दिए ।
सिद्धार्थ क्लबका अध्यक्ष विनोद श्रेष्ठले शुभकामना महिला विकास केन्द्रका लागि सबै किसिमको सहयोग गर्न सिद्धार्थ क्लब तयार रहेको बताए ।

केन्द्रका सल्लाहकार गणेश छविले केन्द्रका दिदिबहिनीको भवानात्मक एकताको सबैले सिको गरेर पाठ सिक्नुपर्नेमा जोड दिए ।
केन्द्रकी संस्थापक अध्यक्ष निर्देशक तीर्थ श्रेष्ठले १५ जनाबाट शुरु भएको संस्थामा हाल सैयौं दिदिबहिनी आवद्ध हुँदा निकै खुशी लागेको बताइन् । उनले संस्थाको कार्यप्रगति निकै प्रशंसनीय भएको स्पष्ट पारिन् ।
केन्द्रकी अध्यक्ष कौशिला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रकी प्रथम उपाध्यक्ष सुमीता श्रेष्ठ, सचिव निर्मला लामिछाने, निवर्तमान अध्यक्ष भवानी माकाजू, पूर्व अध्यक्षहरू राधिका थापा, दुर्गादेवी लामिछाने, सचिव निर्मला लामिछानेले बोलेका थिए ।

उक्त अवसरमा बगालेटोल मिसा पुचः की अध्यक्ष शान्ता श्रेष्ठ, नमूना महिला समूहकी अध्यक्ष ज्योती कोइराला, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष सम्झना माकाजु, बगालेटोल सामुदायिक विकास संस्थाकी अध्यक्ष पञ्चकुमारी गुरुङ, नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारीका अध्यक्ष कल्पना श्रेष्ठ, समृद्धि लायन्स क्लबकी अध्यक्ष कुश्मा राणा, फोटो ग्राफर संघका अध्यक्ष रवी दाहाल, बगालेटोल-सुन्दरमार्ग टोल विकास संस्थाका सचिव सूर्य मर्सानी, चिप्लेढुंगा टोल विकास संस्थाकी उपाध्यक्ष सुनिता पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।