पोखरा कलेज अफ म्यानेजमेन्ट नदीपुरको २०१४ औं व्याचका विद्यार्थीको ग्राजुएसन सेरमोनी (समारोह) सम्पन्न भयो । समारोहमा शिक्षाविद जर्ज जोनले ईमान्दारिता, कडा परिश्रम र अनुशासनका ३ सुत्रलाई आफूले अत्यन्त महत्व दिने बताउँदै ग्राजुएट विद्यार्थीले समेत यी ३ सुत्रलाई व्यवहारमा अपनाउन सुझाव दिए ।
यसैगरी कलेजका प्राचार्य डा. चैतन्यराज अधिकारीले ग्राजुएट हुने विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उनीहरूको सफलतामा फ्याकल्टी, अभिभावक र संचालक सवैको योगदान रहेको चर्चा गरे ।
चेन्नाइवाट आएका आमसंचार विज्ञ ज्याकोव भर्गिजले ग्राजुएट भएका विद्यार्थीले उचित समयमा उचित अवसर छोप्नका लागि जोखिम वहन गर्न डराउन नहुने राय व्यक्त गरे ।
पोखरा कलेज अफ म्यानेज्मेन्टले आयोजना गरेको यो पहिलो ग्राजुएसन समारोहको अध्यक्षता कलेजका संचालक समितिका अध्यक्ष प्रा.डा. टंकनाथ शर्मा तिमिल्सिनाले गरेका थिए भने कार्यक्रम संचालन कलेजका फ्याकल्टी सरोज कुँवरले गरेका थिए ।
कलेजको २०१४ व्याचमा विविए कार्यक्रमबाट ६३ जना विद्यार्थी ग्राजुएट भएका थिए ।




