प्रदेश २ः एसईई र्परीक्षाको नयाँ तालिका सार्वजनिक

प्रदेश २ मा स्थगित गरिएको एसईई र्परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सूचना जारी गरी बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गानन्द अर्यालले दिएको जानकारी अनुसार २२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ । त्यसैगरी २३ गते, अनिवार्य सामाजिक शिक्षा, २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण को परीक्षा सञ्चालन गरिनेछ । २५ गते ऐछिक प्रथम र २६ गतेका लागि ऐछिक द्वितीयको परीक्षा तोकिएको छ । बाँकी ३ दिन भने प्राविधिकतर्फका परीक्षा हुने तयारी गरिएको छ ।

असनवार्य नेपाली, अनिवार्य अंग्रेजी र अनिवार्य गणितको परीक्षा मात्रै सम्पन भएका छन् । लगातार प्रश्नपत्र बाहिरिएपछि बाँकी परीक्षा रद्द गरिएको थियो ।